के परमेश्वर त्रिएकको भाग हुनुहुन्छ?
बाइबलको जवाफ
चर्च जगत्का थुप्रै गुटले परमेश्वर त्रिएकको भाग हुनुहुन्छ भनेर सिकाउँछ। यस विषयमा दी इन्साइक्लोपीडीया ब्रिटानिका यसो भन्छ: “नयाँ नियममा न त त्रिएक शब्द न त्यसको सिद्धान्त नै पाइन्छ . . . यो शिक्षा शताब्दियौंको दौडान थुप्रै वादविवाद पछि उत्पन्न भएको थियो।”
वास्तवमा परमेश्वर त्रिएकको भाग हुनुहुन्छ भनेर बाइबलमा कतै बताइएको छैन। बाइबलका यी पदहरू विचार गर्नुहोस्:
“परमप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ!”—व्यवस्था ६:४.
“हे यहोवा हाम्रा परमेश्वर, तपाईं महिमा, आदर अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”—प्रकाश ४:११.
“अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।”—यूहन्ना १७:३.
“यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ।”—मर्कूस १२:२९.
चर्च जगत्का थुप्रै गुटले परमेश्वर त्रिएकको भाग हुनुहुन्छ भनेर किन सिकाउँछ?