के बाइबलले मेरो परिवार सुखी बनाउन मदत गर्न सक्छ?
बाइबलको जवाफ
सक्छ। परिवार सुखी बनाउन थुप्रैलाई मदत दिएको बाइबलका केही राम्रा सल्लाह तल दिइएका छन्:
विवाह दर्ता गर्नुहोस्। कानुनी तवरमा दर्ता गरिएको विवाह एउटा स्थायी बन्धन हुने भएकोले यसले परिवारलाई सुखी बनाउन मदत गर्छ।—मत्ती १९:४-६.
प्रेम र आदर देखाउनुहोस्। आफ्नो पति वा पत्नीले आफूलाई जस्तो व्यवहार गरोस् भन्ने चाहनुहुन्छ तपाईंले पनि तिनलाई त्यस्तै व्यवहार गर्नु आवश्यक छ।—मत्ती ७:१२; एफिसी ५:२५, ३३.
चित्त दुख्ने बोली नबोल्नुहोस्। तपाईंको पति वा पत्नीले चित्त दुख्ने कुरा बोल्यो वा गऱ्यो भने पनि दयालु भई बोल्नुहोस्। (एफिसी ४:३१, ३२) हितोपदेश १५:१ मा बाइबल यसो भन्छ, “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रिस उठाउँछ।”
एकअर्काप्रति वफादार हुनुहोस्। आफ्नो पति वा पत्नीबाहेक अरूसँग रोमान्टिक सम्बन्ध नराख्नुहोस्। (मत्ती ५:२८) बाइबल भन्छ, “तिमीहरूको विवाह सबै मानिसहरूसामु आदरणीय होस्, तिमीहरूको वैवाहिक सम्बन्ध नबिटुलिओस्।”—हिब्रू १३:४.
छोराछोरीलाई मायालुपूर्वक सिकाउनुहोस्। छोराछोरीलाई अनुशासन दिन हेलचेक्य्राइँ नगर्नुहोस् तर ज्यादै कठोर पनि नहुनुहोस्।—हितोपदेश २९:१५; कलस्सी ३:२१.