हामी किन मर्छौं?
बाइबलको जवाफ
हामी किन मर्छौं भनेर सोध्नु स्वाभाविकै हो। खासगरि मृत्युको कारण आफूले माया गरेको व्यक्तिलाई गुमाउनु पर्दा हाम्रो मनमा यस्तो प्रश्न आउँछ। बाइबलमा यस्तो लेखिएको छ: “मृत्युको खील पाप हो।” (१ कोरिन्थी १५:५६)
सबै मानिसले किन पाप र मृत्यु भोग्नुपऱ्यो?
ईश्वरविरुद्ध पाप गरेको कारण पहिलो मानव जोडी आदम र हव्वाले जीवन गुमाए। (उत्पत्ति ३:१७-१९) ईश्वरको विरोध गरेको कारण तिनीहरूले पाउनुपर्ने सजाय मृत्यु नै थियो। किनभने ईश्वर नै “जीवनको मूल” हुनुहुन्छ। (भजन ३६:९; उत्पत्ति २:१७)
आदमले आफ्ना सबै सन्तानमा पाप सारे। बाइबल भन्छ: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्।” (रोमी ५:१२) सबै मानिस मर्छन् किनकि तिनीहरू सबैले पाप गरेका छन्।—रोमी ३:२३.
मृत्यु कसरी हटाइनेछ
‘ईश्वरले मृत्युलाई सदाको निम्ति निल्ने’ समय आउनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। (यशैया २५:८) मृत्युलाई हटाउन यसको जड पापलाई पनि मेटाउनु जरुरी छ। परमेश्वरले यो काम येशूमार्फत गर्नुहुनेछ जसले “संसारको पाप हटाउनुहुन्छ।”—यूहन्ना १:२९; १ यूहन्ना १:७.