सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँ भरपर्दो डोऱ्‍याइ कहाँ पाउन सक्नुहुन्छ?

तपाईँ भरपर्दो डोऱ्‍याइ कहाँ पाउन सक्नुहुन्छ?

छिटोछिटो परिवर्तन भइरहेको यस संसारमा तपाईँले गर्ने छनौट सही हुन्छ भन्‍ने कुरामा कसरी ढुक्क हुन सक्नुहुन्छ? आज जुन कुरा सही छ, त्यो पछि पनि सही नै हुन्छ भन्‍ने कुरामा तपाईँ कसरी विश्‍वस्त हुन सक्नुहुन्छ?

बाइबलले तपाईँलाई सही छनौट गर्न मदत गर्छ अनि त्यस्तो छनौट गर्दा तपाईँ कहिल्यै पछुताउनु पर्दैन। किन? किनभने बाइबल हाम्रो सृष्टिकर्ताले दिनुभएको किताब हो। हामीले के गऱ्‍यौँ भने आनन्दित हुन र समस्याहरूबाट जोगिन सक्छौँ भनेर उहाँलाई राम्ररी थाह छ।

“असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ।”—मिका ६:८.

हामी बाइबलमा पाइने व्यावहारिक सल्लाह-सुझाव र बुद्धिका कुराहरूमा भर पर्न सक्छौँ। “ती सधैँ भरपर्दा छन्‌, अहिले र सदासर्वदा।”—भजन १११:८.

यस बद्‌लिँदो संसारमा बाइबलले तपाईँलाई कसरी मदत गर्न सक्छ भन्‍ने कुरा आफैले जाँचेर हेर्नुभए कसो होला?