सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

डामाडोल संसारमा

४ | आफ्नो आशालाई डगमगाउन नदिनुहोस्‌

४ | आफ्नो आशालाई डगमगाउन नदिनुहोस्‌

यस विषयमा किन चासो राख्नुपर्छ?

यस संसारको बिग्रँदो अवस्थाले गर्दा धेरैलाई शारीरिक अनि भावनात्मक तवरमा नराम्रो असर परेको छ। थुप्रैलाई यस्तो अवस्था कहिल्यै सुध्रिँदैन जस्तो लाग्छ। तिनीहरू कस्तो महसुस गर्छन्‌?

  • केही मानिसहरू भविष्यबारे सोच्नै चाहँदैनन्‌।

  • अरू भने तनावमुक्‍त हुन लागूपदार्थ वा रक्सीको सहारा लिन्छन्‌।

  • कोही भने ‘बाँच्नुभन्दा मर्नु बेस’ भन्ठान्छन्‌ अनि आत्महत्या गर्नसमेत पछि पर्दैनन्‌।

तपाईँले के बुझ्नुपर्छ?

  • तपाईँले भोगिरहनुभएका केही समस्याहरू सधैँभरि रहँदैनन्‌ अनि आसै नगरेको तरिकामा ती समाधान हुन सक्छन्‌।

  • तपाईँको अवस्था परिवर्तन नभए तापनि त्यस्तो गाह्रो अवस्थामा तपाईँले गर्न सक्ने केही न केही पक्कै हुन्छ।

  • बाइबलले भरपर्दो आशा दिन्छ, त्यो हो—अहिले हामीले भोगिरहेका समस्याहरूको अन्त्य हुनेछ।

तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?

बाइबल भन्छ: “भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट पर्याप्त छ।”—मत्ति ६:३४.

भोलिको चिन्ता गरेर आजको दिन खेर नफाल्नुहोस्‌।

नराम्रो होला भनेर चिन्ता गरिरहँदा तनाव अझै बढ्‌नेछ अनि उज्ज्वल भविष्यको आशा डगमगाउनेछ।

बाइबलले भरपर्दो आशा दिन्छ

परमेश्‍वरका एक जना सेवकले यसरी प्रार्थना गरे: “तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो।” (भजन ११९:१०५) वास्तवमा परमेश्‍वरको वचन अर्थात्‌ बाइबलले हामीलाई त्यसै गर्न मदत गर्छ। कसरी?

राती अन्धकारमा हिँड्‌नुपर्दा बत्तीले ठीक ठाउँमा पाइला चाल्न मदत गर्छ। त्यसरी नै बाइबलको सल्लाहले हामीलाई सही बाटोमा डोऱ्‍याउँछ अनि गाह्रो अवस्थामा बुद्धिमानी निर्णयहरू गर्न मदत गर्छ।

चहकिलो ज्योतिले पूरै बाटो उज्यालो बनाइदिन्छ र टाढासम्म देख्न सकिन्छ। त्यसरी नै बाइबलले हामीलाई भविष्यको उज्ज्वल आशा दिन्छ।