प्रेम देखाउनुहोस्
समस्या
पूर्वाग्रही भावना तुरुन्तै बिलाएर जाँदैन। जसरी शरीरमा भाइरस फैलिएपछि निको हुन समय र प्रयास चाहिन्छ, त्यसैगरि पूर्वाग्रही भावना हटाउन पनि समय र प्रयास चाहिन्छ। आफूमा भएको पूर्वाग्रही भावना हटाउन तपाईँ के गर्न सक्नुहुन्छ?
बाइबल सिद्धान्त
“प्रेम धारण गर किनकि यो मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।”—कलस्सी ३:१४.
यसबाट के सिक्न सक्छौँ? अरूको लागि केही गरिदिँदा उनीहरू हामीसित नजिकिन्छन्। हामी जति धेरै प्रेम देखाउँछौँ पूर्वाग्रही भावना त्यति नै हराउँदै जान्छ। अरूलाई प्रेम गर्न सिक्यौँ भने उनीहरूप्रतिको नकारात्मक भावना कम हुँदै जानेछ।
तपाईँ के गर्न सक्नुहुन्छ?
तपाईँको मनमा कुनै समूहप्रति नकारात्मक भावना आएको हुन सक्छ। त्यस समूहका मानिसहरूलाई प्रेम देखाउन सकिने केही खास तरिकाबारे सोच्नुहोस्। यस्ता कामहरू गर्न विस्तृत योजना बनाउनुपर्छ भन्ने छैन। तल उल्लेख गरिएका कामहरू गर्न कोसिस गर्नुहोस्:
प्रेम देखाउन गर्नुहुने प्रत्येक सानो कामले तपाईँलाई पूर्वाग्रही भावनाबाट अलग हुन मदत गर्नेछ
उनीहरूले खोजेको ठेगाना देखाइदिएर वा सार्वजनिक सवारी साधनमा सिट छोडिदिएर उनीहरूसित राम्रो व्यवहार गर्नुहोस्।
उनीहरूले तपाईँको भाषा राम्रोसित बोल्न नसके तापनि उनीहरूसित कुराकानी गर्नुहोस्।
उनीहरूले अनौठो व्यवहार गर्दा धीरजी हुनुहोस्।
उनीहरूले आफ्ना समस्याहरूबारे बताउँदा समानुभूति देखाउनुहोस्।