क७-क
पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू—येसुले सेवाको काम थाल्नुअघिका घटनाहरू
सुसमाचारका चार वटा पुस्तकमा उल्लेख गरिएका घटनाहरूको कालक्रम
प्रत्येक चार्टसँगै एउटा नक्सा छ र ती नक्साहरूमा येसु कुन-कुन ठाउँमा जानुभयो र उहाँले कहाँ-कहाँ प्रचार गर्नुभयो भनेर देखाइएको छ। नक्सामा भएका बाणजस्तो देखिने धर्साहरूले येसुले कुन दिशामा यात्रा गर्नुभएको थियो भन्ने कुरालाई सङ्केत गर्छ; त्यसले उहाँले ठ्याक्कै कुन बाटो भएर यात्रा गर्नुभएको थियो भन्ने कुरालाई सङ्केत गर्दैन। सङ्केत चिन्ह “क.”-को अर्थ “करिब” हो।
येसुले सेवाको काम थाल्नुअघिका घटनाहरू
समय |
ठाउँ |
घटना |
मत्ति |
मर्कुस |
लुका |
युहन्ना |
---|---|---|---|---|---|---|
ई.पू. ३ |
यरुसलेमको मन्दिर |
गब्रिएल स्वर्गदूतले जकरियालाई बप्तिस्मा गराउने युहन्नाको जन्मबारे भविष्यवाणी गर्छन् |
||||
क. ई.पू. २ |
नासरत; यहुदिया |
गब्रिएल स्वर्गदूतले मरियमलाई येसुको जन्मबारे भविष्यवाणी गर्छन्; मरियम आफ्नो आफन्त इलिसिबालाई भेट्न जान्छिन् |
||||
ई.पू. २ |
यहुदियाको पहाडी इलाका |
बप्तिस्मा गराउने युहन्ना जन्मन्छन् र तिनको नाम राखिन्छ; जकरियाको भविष्यवाणी; निर्जनभूमिमा युहन्नाको जीवन |
||||
ई.पू. २, क. अक्टो. १ |
बेतलेहेम |
येसुको जन्म; “वचन मानिस हुनुभयो” |
||||
बेतलेहेमनजिकै; बेतलेहेम |
स्वर्गदूतले गोठालाहरूलाई सुसमाचार घोषणा गर्छन्; स्वर्गदूतहरूले परमेश्वरको प्रशंसा गर्छन्; गोठालाहरू बालकलाई हेर्न जान्छन् |
|||||
बेतलेहेम; यरुसलेम |
येसुको खतना गरिन्छ (आठौँ दिन); उहाँका आमाबुबाले व्यवस्थामा बताइएको रीतिअनुसारै उहाँलाई मन्दिरमा लैजान्छन् (४० औँ दिनपछि) |
|||||
ई.पू. १ वा इ.सं. १ |
यरुसलेम; बेतलेहेम; मिश्र; नासरत |
ज्योतिषीहरू आउँछन्; युसुफको परिवार मिश्र भाग्छ; हेरोदले बालकहरूलाई मार्छन्; युसुफको परिवार मिश्रबाट फर्केर नासरतमा बसोबास गर्न थाल्छ |
||||
इ.सं. १२, निस्तार चाड |
यरुसलेम |
बाह्र वर्षका येसुले मन्दिरमा शिक्षकहरूलाई प्रश्न सोध्नुहुन्छ |
||||
नासरत |
उहाँ नासरत फर्कनुहुन्छ; आमाबुबाप्रति आज्ञाकारी भइरहनुहुन्छ; सिकर्मीको काम सिक्नुहुन्छ; मरियमको अरू चार जना छोरा र केही छोरीहरू हुन्छन् (मत्ति १३:५५, ५६; मर्कु ६:३) |
|||||
२९, वसन्त |
निर्जनभूमि, यर्दन नदी |
बप्तिस्मा गराउने युहन्नाले सेवाको काम थाल्छन् |