भजनसङ्‌ग्रह ५३:१-६

  • मूर्खहरूको वर्णन

    • “यहोवा हुनुहुन्‍न” ()

    • “असल काम गर्ने कोही छैन” ()

निर्देशकलाई; महालथ* शैलीमा। मास्किल।* दाउदको रचना। ५३  मूर्खले मनमनै भन्छ:“यहोवा हुनुहुन्‍न।”+तिनीहरूका कामहरू खराब छन्‌, भ्रष्ट र घृणित छन्‌।असल काम गर्ने कोही छैन।+  २  तर बुद्धिमान्‌* कोही छ कि, यहोवालाई खोज्ने कोही छ कि+ भनेरपरमेश्‍वर स्वर्गबाट मानिसहरूलाई+ हेर्नुहुन्छ।  ३  तिनीहरू सबै तर्केका छन्‌;तिनीहरू सबै भ्रष्ट भएका छन्‌।असल काम गर्ने कोही छैन,अहँ, एक जना पनि छैन।+  ४  के दुष्टहरूमध्ये कसैको पनि समझ छैन?तिनीहरू मेरा मानिसहरूलाई रोटीझैँ खर्लप्प पार्छन्‌।तिनीहरू यहोवालाई पुकार्दैनन्‌।+  ५  तर तिनीहरूलाई त्रासले छोप्नेछ;यस्तो त्रास, जुन तिनीहरूले पहिला कहिल्यै महसुस गरेका थिएनन्‌।*किनकि तिमीहरूलाई आक्रमण गर्नेहरूको* हड्डी परमेश्‍वरले छरपस्ट पारिदिनुहुनेछ।तिमीहरूले तिनीहरूलाई लाजमा पार्नेछौ किनकि यहोवाले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ।  ६  इस्राएलको उद्धार सियोनबाटै आओस्‌!+कैदमा परेका आफ्ना मानिसहरूलाई यहोवाले फर्काउनुहुँदायाकुब रमाओस्‌, इस्राएल आनन्दित होस्‌!

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “अन्तर्दृष्टि भएको।”
वा सम्भवतः “तिनीहरू डराउनुपर्ने कुनै कारणै नभएको ठाउँमा समेत डराउनेछन्‌।”
शा., “तिमीहरूविरुद्ध छाउनी हाल्नेहरूको।”