भजनसङ्‌ग्रह ७३:१-२८

  • परमेश्‍वरको भक्‍ति गर्ने मानिसले आफ्नो दृष्टिकोण सच्याउँछन्‌

    • “मेरा खुट्टाहरूले बाटो बिराउनै लागेका थिए” ()

    • “सारा दिन मलाई छटपटी भयो” (१४)

    • “परमेश्‍वरको शानदार पवित्र स्थानमा पसेपछि” (१७)

    • दुष्टहरू चिप्लो ठाउँमा (१८)

    • परमेश्‍वरको नजिक जानु उत्तम छ (२८)

आसापले रचेको भजन।+ ७३  परमेश्‍वर इस्राएलको लागि, चोखो मन भएकाहरूको लागि साँच्चै भलो हुनुहुन्छ।+  २  तर मेरा खुट्टाहरूले बाटो बिराउनै लागेका थिए;मेरा पाइलाहरू झन्डै चिप्लेका थिए।+  ३  अहङ्‌कारीलाई देख्दा म डाही भएँ,दुष्टहरूले शान्ति पाएको देख्दा म डाहले भरिएँ।+  ४  तिनीहरू सास्ती नभोगी मर्छन्‌;तिनीहरू हृष्टपुष्ट छन्‌।*+  ५  अरूले जस्तो तिनीहरूले दुःख खेप्नुपरेको छैन+न त अरू मानिसले जस्तो विपत्ति नै भोग्नुपरेको छ।+  ६  त्यसैले घमन्ड तिनीहरूको गलाको हार बनेको छ;+तिनीहरू हिंसाको वस्त्र पहिरिन्छन्‌।  ७  दुष्टहरू सुखविलासको जीवन बिताइरहेका छन्‌ र तिनीहरू मोटाएका छन्‌।*तिनीहरूले आफ्नो मनले चिताएको भन्दा धेरै हासिल गरेका छन्‌।  ८  तिनीहरू गिल्ला गर्छन्‌ र दुष्ट कुरा बोल्छन्‌।+अहङ्‌कारी भएर तिनीहरू धम्की दिन्छन्‌।+  ९  तिनीहरू यसरी कुरा गर्छन्‌, मानौँ, तिनीहरू आकाशजत्तिकै उच्च छन्‌,तिनीहरूको जिब्रो पृथ्वीमा धाक लगाउँदै हिँड्‌छ। १०  त्यसैले उहाँका मानिसहरू तिनीहरूतिर फर्कन्छन्‌र तिनीहरूले दिने प्रशस्त पानी पिउँछन्‌। ११  तिनीहरू भन्छन्‌: “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ र?+सर्वोच्च परमेश्‍वरलाई साँच्चै थाह हुन्छ र?” १२  हो, ती दुष्टहरूले सबै कुरा सजिलै पाउँछन्‌।+तिनीहरू आफ्नो धनसम्पत्ति बढाउँदै लैजान्छन्‌।+ १३  मैले बेकारमा आफ्नो हृदय चोखो राखेछुर निर्दोषतामा आफ्नो हात धोएछु।+ १४  सारा दिन मलाई छटपटी भयो;+बिहानैपिच्छे मैले सुधार पाएँ।+ १५  तर यदि मैले यी कुरा भनेको भएमैले तपाईँका मानिसहरूलाई धोका दिएको हुने थिएँ। १६  मैले यी कुरा बुझ्न खोज्दाम व्याकुल भएँ। १७  तर परमेश्‍वरको शानदार पवित्र स्थानमा* पसेपछिर ती दुष्टहरूको भविष्य कस्तो हुन्छ भनी बुझेपछि म व्याकुल हुन छोडेँ। १८  निश्‍चय नै तपाईँले तिनीहरूलाई चिप्लो ठाउँमा राख्नुभएको छ।+तिनीहरू नाश होऊन्‌ भनी तपाईँ तिनीहरूलाई लडाउनुहुन्छ।+ १९  हेर! तिनीहरू अचानक नष्ट हुन्छन्‌।+डरलाग्दो तरिकाले तिनीहरू अकस्मात्‌ नाश हुन्छन्‌! २०  निद्राबाट ब्युँझिएपछि सपनामा देखेको कुरा बिर्सिएजस्तैहे यहोवा, तपाईँ जाग्नुभएपछि तपाईँले तिनीहरूलाई सम्झनुहुनेछैन।* २१  तर मेरो मन कुँडियो+र भित्रैदेखि* मलाई साह्रै पीडा भयो। २२  म मूर्ख थिएँ र ममा समझको कमी थियो;म तपाईँसामु निर्बुद्धि पशुजस्तै थिएँ। २३  तर अब म सधैँ तपाईँकै साथमा रहन्छु;तपाईँले मेरो दाहिने हात समात्नुभएको छ।+ २४  तपाईँ मलाई सल्लाह दिएर डोऱ्‍याउनुहुन्छ+र पछि तपाईँले मेरो सम्मान गराउनुहुनेछ।+ २५  मलाई मदत गर्ने तपाईँबाहेक स्वर्गमा को छ र?तपाईँ मेरो साथमा होउन्जेल मलाई पृथ्वीमा अरू केही कुरा चाहिँदैन।+ २६  मेरो तन र मन कमजोर होलातर परमेश्‍वर मेरो मनको चट्टान हुनुहुन्छ र सदाको लागि मेरो अंश हुनुहुन्छ।+ २७  साँच्चै, जो तपाईँबाट टाढा हुन्छन्‌, तिनीहरू नाश हुनेछन्‌।विश्‍वासघात गरेर* तपाईँलाई छोड्‌ने सबैको तपाईँले अन्त गरिदिनुहुनेछ।*+ २८  तर मेरो लागि भने परमेश्‍वरको नजिक जानु उत्तम छ।+ब्रह्‍माण्डका मालिक यहोवाका सबै कामको बयान गर्न सकूँ भनेर+मैले तपाईँलाई आफ्नो शरणस्थान बनाएको छु।

फुटनोटहरू

वा “तिनीहरूको पेट लागेको छ।”
शा., “आँखा बाहिर निस्केका छन्‌।”
शब्दावली हेर्नुहोस्‌।
शा., “तिनीहरूको छविलाई तुच्छ सम्झनुहुनेछ।”
शा., “मिर्गौलामा।”
वा “चरित्रहीन भएर।”
शा., “चुप लगाइदिनुहुनेछ।”