यसैया ५५:१-१३
५५ ए सबै तिर्खाएका हो,+ पानी पिउन आओ!+पैसा नहुनेहरू पनि आओ र सित्तैँमा खाओ!आओ, कुनै दाम नतिरी+ मद्य र दूध लैजाओ।+
२ जुन कुराले पेट भरिँदैन, त्यसको लागि किन पैसा खर्च गर्छौ?जुन कुराले सन्तुष्टि दिँदैन, त्यसको लागि किन आफ्नो कमाइ* खेर फाल्छौ?मेरो कुरा ध्यान दिएर सुन, तब तिमीहरूले असल-असल थोक खान पाउनेछौ।+अनि मीठामीठा थोक खाएर तिमीहरू तृप्त हुनेछौ।+
३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।म तिमीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु।+मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।यो प्रतिज्ञा भरोसायोग्य छ।+
४ हेर! जातिजातिका मानिसहरूलाई साक्षी दिन मैले उसलाई नियुक्त गरेको छु,+जातिजातिका मानिसहरूको लागि मैले उसलाई अगुवा+ र शासक बनाएको छु।+
५ “हेर!* चिन्दै नचिन्ने जातिलाई तिमीले बोलाउनेछौ।तिमीलाई चिन्दै नचिनेको जातिका मानिसहरू तिमीकहाँ दौडँदै आउनेछन्।तिम्रा परमेश्वर यहोवा, इस्राएलका पवित्र परमेश्वरको खातिर तिनीहरूले त्यसो गर्नेछन्+किनकि उहाँले तिमीलाई महिमित तुल्याउनुहुनेछ।+
६ जबसम्म यहोवालाई भेट्टाउन सकिन्छ, उहाँलाई खोज।+उहाँ नजिक हुँदा नै उहाँलाई पुकार।+
७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्;+खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्।ऊ यहोवाकहाँ फर्कोस् र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+ऊ हाम्रा परमेश्वरकहाँ आओस् किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+
८ यहोवा घोषणा गर्नुहुन्छ, “मेरो विचार तिमीहरूको विचारभन्दा फरक छ।+अनि तिमीहरूको मार्ग मेरो मार्गभन्दा फरक छ।
९ जसरी आकाश धर्तीभन्दा उच्च छ,त्यसैगरि मेरो मार्ग तिमीहरूको मार्गभन्दार मेरो विचार तिमीहरूको विचारभन्दा उच्च छ।+
१० जसरी आकाशबाट पानी र हिउँ परेपछि त्यतैतिर फर्केर जाँदैनतर त्यसले जमिनलाई भिजाउँछ, बाली उमार्छ,रोप्नेलाई बिउ अनि खानेलाई अन्न दिन्छ,
११ मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै हुन्छ।+त्यो वचन पूरा नभई मकहाँ त्यसै फर्कँदैन।+मैले इच्छा गरेको कुरा त्यसले पूरा गरेरै छोड्छ।+जुन कामको लागि म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुन्छ।
१२ तिमीहरू रमाउँदै जानेछौ,+तिमीहरू शान्तिसित फर्केर आउनेछौ।+पर्वतहरू र डाँडाहरू तिमीहरूलाई देखेर खुसी हुनेछन् र जयजयकार गर्नेछन्।+अनि रूखहरूले ताली बजाउनेछन्।+
१३ तब काँडाको झाडीको सट्टा धुपीको रूख उम्रनेछ।+सिस्नुको ठाउँमा मेहदीको बोट उम्रनेछ।अनि यहोवाको महिमा हुनेछ+र त्यो कहिल्यै नमेटिने एउटा चिन्ह हुनेछ।”