प्रश्न २
तपाईँ परमेश्वरबारे कसरी सिक्न सक्नुहुन्छ?
“व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्। तिमीले यसमा दिनरात मनन गर्नू। तब तिमीले यसमा लेखिएका एक-एक कुरा होसियार भई पालन गर्न सक्नेछौ। यसो गऱ्यौ भने तिमी सफल हुनेछौ र तिमीले बुद्धि पुऱ्याएर कदम चाल्न सक्नेछौ।”
“उनीहरूले साँचो परमेश्वरको व्यवस्थाको पुस्तक ठूलो स्वरमा पढिरहे अनि त्यहाँ लेखिएका कुराहरू मानिसहरूलाई स्पष्टसित बुझाइदिए र त्यसको अर्थ पनि खुलाइदिए। यसरी उनीहरूले मानिसहरूलाई सुनेको कुरा बुझ्न मदत गरे।”
“आनन्दित हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहअनुसार चल्दैन . . . तर यहोवाको व्यवस्थामा ऊ प्रसन्न रहन्छ र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्छ। . . . उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।”
“फिलिप रथसँगसँगै दौडे अनि त्यस नपुंसकले भविष्यवक्ता यसैयाको पुस्तक पढिरहेको सुने। तब तिनले सोधे: ‘के तपाईँले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?’ उनले जवाफ दिए: ‘कसैले नबुझाईकन म कसरी बुझ्न सक्छु र?’”
“उहाँका अदृश्य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्गै देखिँदै आएका छन्। यी गुणहरूलगायत उहाँको अनन्त शक्ति र ईश्वरत्वसमेत उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्।”
“यी कुराहरूमा चिन्तनमनन गर, यी नै कुराहरूमा डुबिरह ताकि तिम्रो प्रगति सबै मानिससामु स्पष्टै देखियोस्।”
“आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ, कसै-कसैलाई एकसाथ भेला हुन छोड्ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ।”
“यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्वरसित मागिरहोस् र उसलाई त्यो दिइनेछ किनकि उहाँले सबैलाई उदारचित्तले अनि नझर्कीकन दिनुहुन्छ।”