प्रश्न १७
बाइबलले तपाईँको परिवारलाई कसरी मदत गर्न सक्छ?
पति/बुबा
“त्यसैगरि पतिहरूले आ-आफ्नी पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्छ, उसले आफूलाई प्रेम गर्छ किनकि कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई . . . खुवाउँछ अनि स्याहार्छ, . . . तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ।”
“हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्याओ बरु यहोवा परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।”
पत्नी
“पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।”
“हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस किनकि ख्रिष्टका चेलाहरूले यसै गर्नु उचित हो।”
छोराछोरी
“हे छोराछोरी हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ किनकि परमेश्वरको नजरमा यो असल छ। ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।’ यो नै प्रतिज्ञासहितको पहिलो आज्ञा हो र त्यो प्रतिज्ञा हो: ‘ताकि तिम्रो भलो होस् र पृथ्वीमा तिम्रो आयु लामो होस्।’”
“हे छोराछोरी हो, सबै कुरामा आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ।”