प्रश्न ५
बाइबलको सन्देश के हो?
“तँ र स्त्रीबीच अनि तेरो सन्तान र स्त्रीको सन्तानबीच म दुस्मनी हालिदिनेछु। उसले तेरो शिर कुच्याउनेछ र तैँले उसको कुर्कुच्चो डस्नेछस्।”
“तिम्रै सन्तानमार्फत पृथ्वीका सबै मानिसले आशिष् पाउनेछन् किनभने तिमीले मेरो कुरा सुन्यौ।”
“तपाईँको राज्य आओस्। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।”
“तिमीहरूलाई शान्ति दिनुहुने परमेश्वरले चाँडै तिमीहरूलाई अख्तियार दिनुहुनेछ अनि तिमीहरूले आफ्ना खुट्टाले सैतानलाई कुच्याउनेछौ।”
“जब सबै कुरा उहाँको अधीनमा भइसकेको हुनेछ, तब परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन् भनेर छोरा पनि सबै कुरा उहाँको अधीनमा राखिदिनुहुनेकै अधीनमा बस्नुहुनेछ।”
“अब प्रतिज्ञाहरू अब्राहाम र तिनको सन्तानलाई गरिएको थियो . . . , जो ख्रिष्ट हुनुहुन्छ। यसबाहेक यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान र प्रतिज्ञाका उत्तराधिकारीहरू हौ।”
“संसारको राज्य हाम्रा परमेश्वरको अनि उहाँको ख्रिष्टको राज्य भएको छ र परमेश्वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”
“त्यसैले दियाबल अनि सैतान भनिने र सारा संसारलाई ठग्ने त्यो ठूलो अजिङ्गर अर्थात् पुरानो सर्पलाई तल पृथ्वीमा हुर्ऱ्याइयो अनि त्योसँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए।”
“तिनले त्यो अजिङ्गर अर्थात् पुरानो सर्प, जो दियाबल र सैतान हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे।”