जागा रहो!
कोभिडको कारण ६० लाख मानिसको मृत्यु—यसबारे बाइबल के भन्छ?
विश्व स्वास्थ्य सङ्गठनअनुसार (WHO) मे २३, २०२२ सम्ममा कोभिड-१९ ले गर्दा ६२ लाख ७० हजार मानिसले ज्यान गुमाए। तर मे ५, २०२२ मा प्रकाशित एउटा समाचारमा WHO ले मर्नेहरूको सङ्ख्या योभन्दा अझ धेरै हुन सक्छ भनेर बतायो। त्यस समाचारअनुसार २०२० र २०२१ को दौडान “कोभिड-१९ महामारीको कारण वा यससित सम्बन्धित अन्य कारणले गर्दा लगभग १ करोड ४९ लाख मानिसको ज्यान गयो।” यस्ता हृदयविदारक घटनाहरूबारे बाइबल के भन्छ?
बाइबलमा घातक महामारीहरूबारे भविष्यवाणी गरिएको छ
“अन्तको दिन” भनिने समयको दौडान रुढी वा “महामारी” हुनेछ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो।—लुका २१:११; २ तिमोथि ३:१.
येसुको यो भविष्यवाणी आज पूरा भइरहेको छ। यसबारे थप कुरा बुझ्न “‘अन्तको दिन’ वा ‘अन्तको समय’-को चिन्ह के हो?” भन्ने लेख हेर्नुहोस्।
बाइबलले सान्त्वना दिन्छ
“[यहोवा] सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रा सबै परीक्षामा सान्त्वना दिनुहुन्छ।”—२ कोरिन्थी १:३, ४.
मृत्युले गर्दा आफ्ना प्रियजन गुमाएकाहरूले बाइबलको सन्देशबाट सान्त्वना पाएका छन्। यसबारे अझ धेरै जान्न “शोकको सामना गर्नुहोस्—तपाईँले चाल्नुपर्ने कदम” र “शोकमा परेकाहरूका लागि साँचो मदत” भन्ने लेखहरू हेर्नुहोस्।
बाइबलमा महामारीको स्थायी समाधानबारे बताइएको छ
“तपाईँको राज्य आओस्। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।”—मत्ति ६:१०.
अब चाँडै “परमेश्वरको राज्य”-ले यस पृथ्वीमा शासन गर्दा “कुनै बासिन्दाले यसो भन्नेछैन: ‘म बिरामी छु।’” (मर्कुस १:१४, १५; यसैया ३३:२४) यो स्वर्गीय सरकारबारे र यसले गर्ने कामहरूबारे जान्न परमेश्वरको राज्य के हो? भन्ने भिडियो हेर्नुहोस्।
हामी तपाईँलाई बाइबलबारे अझ धेरै सिक्न आग्रह गर्छौँ। यसो गर्नुभयो भने तपाईँ र तपाईँको परिवारले बाइबलमा पाइने बुद्धिमानी सल्लाह र सुन्दर प्रतिज्ञाहरूबाट लाभ उठाउन सक्नुहुनेछ।