गीत ११७
भलाइ गरौँ!
-
१. जीवनभरि दियौ आशिष्
हे यहोवा तिमीले।
वफादार छौ बुबा तिमी
सधैँ भलाइ देखाउने।
दया गर्छौ, आशिष् दिन्छौ,
सक्दैनौँ नाप्न कैल्यै।
छौ भक्तिको योग्य तिमी
सेवा गर्छौँ खुसीले।
-
२. अनुकरण गर्छौँ हामी
याह तिम्रो भलाइको।
प्रचार गर्छौँ, भलाइ गर्छौँ
यही चाहना मनको।
तिम्रो शिक्षा र गोठाला
डोऱ्याउँछन् यो जीवनलाई।
देऊ तिम्रो पवित्र शक्ति
गर्न सकौँ है भलाइ।
-
३. भाइबैनी र परिवारलाई
देखाउन सकौँ भलाइ।
चाहे ठूलो या होस् सानो,
देऊ न आशिष् प्रयासमा।
सहर, गाउँ, छरछिमेकी,
सबै ठाउँका मानिसलाई
माया गर्न, भलाइ गर्न
देऊ न मदत हामीलाई।
(भज. १०३:१०; मर्कु. १०:१८; गला. ५:२२; एफि. ५:९ पनि हेर्नुहोस्)