गीत १४६
सब कुरा नयाँ तुल्याइयो
-
१. “चिन्ह” देखियो, याहको राज सुरु भो।
सिंहासनमा येसु विराजमान भो।
स्वर्गको लडाइँमा उनकै जित भो,
धर्तीमा हुनेछ इच्छा याहको।
(कोरस)
रमाऊ, अब निवास याहको,
मानिसहरू माझ भयो।
हुनेछैन मृत्यु, पीडा फेरि
न हुनेछ रुवाइ, दुःख केही।
याह भन्छन्, ‘बनाउँछु सबथोक नयाँ।’
यी वचनहरू पक्का।
-
२. लौ! हेर, येसुकी दुलही आइन्!
सिंगारिएर चम्किरहेछिन्।
यो नयाँ यरुसलेम चोखो छिन्;
तिनले ज्योति याहबाटै पाउनेछिन्।
(कोरस)
रमाऊ, अब निवास याहको,
मानिसहरू माझ भयो।
हुनेछैन मृत्यु, पीडा फेरि
न हुनेछ रुवाइ, दुःख केही।
याह भन्छन्, ‘बनाउँछु सबथोक नयाँ।’
यी वचनहरू पक्का।
-
३. यो सहरका जन आनन्दित हुनेछन्।
सधैँ यसका ढोका खुला हुन्छन्।
सबै यसको ज्योतिमा हिँड्नेछन्;
चम्काऊ त्यो ज्योति, हे याहका जन।
(कोरस)
रमाऊ, अब निवास याहको,
मानिसहरू माझ भयो।
हुनेछैन मृत्यु, पीडा फेरि
न हुनेछ रुवाइ, दुःख केही।
याह भन्छन्, ‘बनाउँछु सबथोक नयाँ।’
यी वचनहरू पक्का।
(मत्ति १६:३; प्रका. १२:७-९; २१:२३-२५ पनि हेर्नुहोस्)